डर्टमण्डको विजयी सुरुवात

डिसी नेपाल
१ भदौ २०७६ ८:१०

एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्डले शानदार जितबाट नयाँ सिजनको सुरुवात गरेको छ । शनिबार भएको पहिलो खेलमा अग्स्बर्गलाई ५–१ गोल अन्तरले पराजित गर्दै डर्टमण्डले सुखद सुरुवात गरेको हो ।

घरेलु मैदानमा सुरुवाती एक गोलले पछि परेपनि डर्टमण्डले पुनरागमन गर्दै शानदार जित निकाल्यो । अग्स्बर्गका फ्लोरियनले खेलको १ मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर, पुनरागमन गरेको डर्टमण्डको जितमा पाको अल्कासरले ३ र ५९ मिनेटमा दुई गोल गरे । यस्तै जाडोन सान्चोले ५१ औं, मार्को रिउसले ५७ औं तथा जुलियन ब्राण्डटले ८२ औं मिनेटमा एक एक गोल गरे ।

जितसँगै डर्टमण्डले १ खेलबाट ३ अंक जोडेको छ । अग्स्बर्गले भने हारबाट सिजनको सुरुवात गरेको छ । बुन्डेस लिगा अन्तर्गत नै फेरिबर्गले मैन्जलाई ३–० गोल अन्तरले हराएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *