विश्वकप लिग ‘टू’: कोट्जरको उत्कृष्ट ब्याटिङमा स्कटल्याण्ड विजयी

डिसी नेपाल
१ भदौ २०७६ ८:४९

एजेन्सी । क्रिकेट विश्वकप लिग टू अन्तर्गत शनिबार भएको खेलमा स्कटल्याण्डले पपुवा न्यूगिनीलाई पराजित गरेको छ । स्कटल्याण्डको एभरडिनमा भएको खेलमा घरेलु टिमले पपुवा न्यूगिनीलाई तीन विकेटले हरायो ।

टस हारेर ब्याटिङको निम्तो पाएको पपुवाले ५० ओभरमा नौ विकेट गुमाउँदै २०५ रन बनाएको थियो। त्यसका लागि टोनी उराले सर्वाधिक ४६ रन बनाए । त्यस्तै किप्लिन डोरिगाले ३९, असद भालाले ३६ र चाल्र्स अमिनीले ३२ रन बनाउँदा अन्यको प्रदर्शन खराब रह्यो । बलिङतर्फ स्कटल्याण्डका हम्जा ताहिरले चार विकेट लिए भने माइकल लिस्कले तीन विकेट हात पारे ।

२०६ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले सात बल बाँकी रहँदा सात विकेट गुमाएर पूरा गर्‍यो । स्कटल्याण्डका लागि कायल कोट्जरले ९६ रनको उत्कृष्ट इनिङ खेले । अन्यको प्रदर्शन कमजोर रह्यो । कलुम म्याक लियोडले ३६ रन जोडे । बलिङतर्फ नोसाइना पोकना र असद भालाले ३–३ विकेट लिए ।




प्रतिक्रिया

One thought on “विश्वकप लिग ‘टू’: कोट्जरको उत्कृष्ट ब्याटिङमा स्कटल्याण्ड विजयी

Leave a Reply to Stevlafe Cancel reply

Your email address will not be published. Required fields are marked *