सेमिफाइनलमा जोकोभिक पराजित

डिसी नेपाल
१ भदौ २०७६ ९:४८

एजेन्सी । विश्व नम्बर एक स्टार नोभाक जोकोभिक सिनसिनाटी मास्टर्सको सेमिफाइनलमा पराजित भएका छन् ।

आइतबार बिहान भएको सेमिफाइनलमा रुसका डानिल मेडभेदेबसँग पराजित हुँदै जोकोभिक सेमिफाइनलबाट बाहिरिएका हुन् । साविकको विजेता समेत रहेको जोकोभिकलाई मेडभेदेबले ३–६, ६–३ र ६–३ को सेटमा हराए । जोकोभिकविरुद्ध जित निकाल्न मेडभेदेबले १ घण्टा ४३ मिनेटको समय लगाएका थिए ।

अब नवौं वरियताका मेडभेदेबले फाइनलमा डेभिड गोफिनसँग खेल्नेछन् । गोफिनले रिचार्ड गास्क्वेटलाई पराजित गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *