वेल रियलमै रहने! जिदानले दिए यस्तो प्रतिक्रिया

डिसी नेपाल
१ भदौ २०७६ १२:२५

एजेन्सी । प्रशिक्षक जिनेदिन जिदानले ग्यारेथ वेल रियल मड्रिडमै रहने बताएका छन् । शनिबार लिगको पहिलो खेलमा सेल्टा भिगोमाथि प्राप्त जितपछि रियल प्रशिक्षक जिदानले सो कुरा बताएका हुन् ।

सेल्टाविरुद्व करिम बेन्जिमाले गरेको पहिलो गोलमा वेलले पास उपलब्ध गराएका थिए । पछिल्लो समय क्लब छाड्ने तयारीमा रहेका वेललाई प्रशिक्षक जिदानले प्लेईङ सेटमा मौका दिएका थिए । सोही कारण लिगमा वेलले आश्चार्यजनक रुपमा लिगको सुरुवात गरेका थिए । तर प्रशिक्षक जिदानले आफ्नो योजनामा सधै उनी रहने गरेको बताएका हुन् । ‘उनी यहाँ बस्न गईरहेका छन् । हामी सबैले सकारात्मक सोच राख्न आवश्यक छ ।’ जिदानले भनेका छन् ।

‘ईडेन हजार्ड घाईते हुनु हाम्रा लागि दुर्भाग्य हो । तर हामीले योजनालाई परिवर्तन गरेनौ । खेलका लागि वेल हाम्रो योजनामा थिए ।’ उनले थपे । ‘वेल र बाँकी मान्छे यस जर्सीको सम्मान दिन गईरहेका छन् । जसको उनीहरु हकदार छन् ।’ जिदानले भनेका छन् । प्रशिक्षकसंगको खराब सम्बन्धका कारण वेलले यसैसिजन क्लब छाड्ने तयारीमा थिए ।

जिदान समेत उनले क्लब छाड्नु सबैका लागि राम्रो हुने बताएका थिए । तर हजार्ड सहित मुख्य खेलाडी घाईते भएपपिछ जिदानले वेल सहितका खेलाडीलाई जिम्मेवारी दिन तयार देखिएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *