न्युजिल्याण्डसँगको टेस्टमा श्रीलंका ६ विकेटले विजयी

डिसी नेपाल
१ भदौ २०७६ १५:०५

काठमाडौं । न्युजिल्याण्डसँगको दुई खेलको टेस्ट सिरिजको पहिलो खेल श्रीलंकाले ६ विकेटले जितेको छ। २ सय ६८ रनको लक्ष्य श्रीलंकाले अन्तिम दिन ४ विकेट जाँदा भेट्टाएको हो। श्रीलंकाको जितमा दिमुथ करुणारत्नेले १२२ रन बनाए। यस्तै लाहिरु थिरिमानेले ६४, एन्जेलो म्याथ्युजले २८ रन र कुशल परेराले २३ रन बनाए।

यसअघि टस जितेर ब्याटिङ रोजेको न्युजिल्याण्डले पहिलो इनिङमा २४९ रन बनाउँदा सबै विकेट गुमाएको थियो। जसमा रस टेलरले महत्वपूर्ण ८६ रन बनाएका थिए। पहिलो इनिङमा श्रीलंकाका अकिला धनञ्जयले पाँच साथै सुरंगा लकमालले चार विकेट लिएका थिए। न्युजिल्याण्डका टिम साउथी भने रन आउट भएका थिए।

श्रीलंकाले आफ्नो पहिलो इनिङमा २६७ रन बनाउँदा अलआउट भएको थियो। जसमा कुशल मेन्डिस, एन्जेलो म्याथुज र निरोशन डिकवेलाले अर्धशतक बनाएका थिए। न्युजिल्याण्डका लागि अजाज पटेलले पाँच, विलियम समरभिलले तीन साथै ट्रेन्ट बोल्टले दुई विकेट लिएका थिए।

न्युजिल्याण्ड दोस्रो इनिङमा २८५ रन बनाउँदा अलआउट भएको थियो। बिजे वाट्लिङले ७७, टम लाथमले ४५ रन साथै विलियम समरविलले ४० रन बनाएका थिए। श्रीलंकाका लसिथ इमबुलदेनियाले चार, धनञ्जय डि सिल्भाले तीन, लाहिरु कुमाराले दुई साथै अकिला धनञ्जयले एक विकेट लिएका थिए। दोस्रो टेस्ट अगस्ट २२ देखि हुने छ। त्यसपछि श्रीलंका र न्युजिल्याण्डबीच तीन टी-२० खेल हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *