भक्तपुरमा हाप्किडो सम्बन्धि अभिमुखिकरण

डिसी नेपाल
१ भदौ २०७६ २२:२५

भक्तपुर । भक्तपुर मार्सल आर्टस हाप्किडो संघको आयोजनामा सिद्धि स्मृति प्रतिष्ठानमा नेपाल ओलम्पिक कमितिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखेको प्रमुख आतिथ्यतामा मार्सल आर्टस हाप्किडो सम्बन्धी अभिमुखिकरण, पदस्थापन तथा कदरपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।

वर्तमान समयमा समाजमा साधारण किशोरी, महिला मात्र होइन खेलकुदमा लागेका खेलाडी समेत विभिन्न सामाजिक हिंसाबाट बच्न मुश्किल परेको देखिन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्न, मुलुकमा बढ्दै गइरहेकों लैगिक हिंसा, दुश्मनबाट स्वयम्को आत्मरक्षा गर्ने कलालाई प्रस्फुटन गराउन स्थापित भक्तपुर जिल्ला हाप्किडो संघको आयोजनामा संघको सदस्यहरुको पदस्थापन, अभिमुखिकरण तथा कदरपत्र वितरण कार्यक्रममा प्रमुख अतिथिको आशनबाट नेपाल ओलम्पिक कमितिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखेले मार्सल आर्टस खेल बुद्धको अनुयायीले आफ्नो बचाउको लागि आत्मरक्षा कला प्रयोगमा ल्याएका थिए, तसर्थ मार्सल आर्टसको जन्मस्थल नेपाल नै हो, बुद्धको शान्ति भुमि नेपालमा बढ्दै गएको लैगिक हिंसा, अपराधबाट छुटकारा पाउन मार्सल आर्टस खेल, खेलकुद जगतमा अब्बल भइरहेको देखिन्छ, यसमा अबका दिनमा भक्तपुर मार्सल आर्टस हाप्किडो संघले भक्तपुरमा मात्रै होइन ७७ जिल्लामै अझ नतिजा उन्मुख कार्य गरी समाजका विकृति र विसंगतीलाई हटाउन सकोस भने ।

नेपाल मार्सल आर्टस हाप्किडो संघका उपाध्यक्ष नारायण पौडेलले नेपाल मार्शल आर्टस हाप्किडो खेलको प्रतियोगिता विदेशमा मात्र हुन्छ, नेपालमा यो खेल आगामी दिनमा नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा राख्ने योजना बनाएको उल्लेख गर्नुहुंदै नवगठिन संघ अझ सशक्त ढंगबाट खेल, खेलाडी र समाजमा उदाहरणीय संघ बन्न सकोस भनेका थिए।

राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य इन्दिरा निरौलाले भक्तपुरमा खेलकुद क्षेत्रमा विकास भएपनि केन्द्रबाट दिइने आवश्यक पुर्वाधारबाट भक्तपुर बञ्चित भएको देखिन्छ, तैपनि यहाँको स्थानीय निकायले आवश्यक खेलकुद सामग्रीको व्यवस्था आफै गरेजस्तै नेपाल मार्सल हाप्किडो संघका प्रशिक्षक भक्तपुरे चेलीले आफ्नै खर्चमा उपत्यका बाहिर राष्ट्रपति खेलकुदमा महिला अभिवृद्धि कार्यक्रममा चेतनामुलक आत्मरक्षा कलाको एक उदाहरणीय कला प्रस्तुत गर्नु भएको कुरा उल्लेख गर्नु हुंदै, महिलाको लागि भक्तपुरे महिलाको अग्रसरताले अझ एउटा इटा थप्ने कार्य भएको बताइन् ।

भक्तपुर जिल्ला भलिबल संघको अध्यक्ष विनोद चरण रायले मार्शल आर्टस हाप्किडो कलाको अध्ययन गर्दा भर्खरका युवामा मात्र होइन जेष्ठ नागरिकले पनि सिक्न आवश्यक तथा स्वयम् पनि लालयित भएको कुरा उल्लेख गर्नु हुंदै मार्शल आर्टस हाप्किडोले आत्मरक्षा कला अझ प्रस्फुटन हुने कुरामा विस्वस्त भएको बताए ।

नेपाल मार्सल आर्टस हाप्किडो संघका प्रमुख प्रशिक्षक लानम लामाले मार्सल आर्टस हाप्किडो सम्बन्धी प्रशिक्षण दिएको सो कार्यक्रममा नेवा मिसा पुच न्हपांगु पःलाका संस्थापक शिला साय्मी, सिद्धि स्मृति प्रतिष्ठानका संस्थापक श्याम सुन्दर धौभडेल, नेपाल उसु संघका उपाध्यक्ष राजिव महर्जनले पनि बोलेका थिए ।
उक्त कार्यक्रममा प्रमुख अतिथि पुरेन्द्र विक्रम लाखेबाट नवगठित संघका अध्यक्ष एवं नेपाल मार्सल आर्टस हाप्किडो संघका प्रशिक्षक पद्मा खयरगोलीलाई हाप्किडो संघको प्रमाणपत्र एवं लाईसेन्स दोश्रो डन प्रदान गरिएको थियो भने पदस्थापन कार्यक्रममा संघका सबै सदस्यहरु लगायत सल्लाहकारहरुलाई प्रमाणपत्र प्रदान गरे।
सभ्य, अनुशासित समाज निर्माणमा युवा विद्यार्थी एवं महिला वर्गलाई अभिमूखीकरण गराउन संघ मार्फत खेल एवं आत्मरक्षा सम्बन्धी प्राविधिक तालिम लिई संघका प्रशिक्षकहरुलाई हौसला प्रदान गर्नु भएका नेवा मिसा पुःच न्हपांगु पला काठमाडौं, महिला सशक्तिकरण कार्यक्रम उपभोक्ता समिति, चन्द्रागिरी १५, उज्यालो महिला समाज बनेपा, स्कलर होम एकेडेमी, पुर्ण ह्याण्डमेड कलेक्सन, सुर्योदय सेकेण्डरी स्कुल, भक्तपुर नपा वडा नं।७, वाइज ल्याण्ड सेकेण्डरी स्कुल, बालसेवक आधारभुत विद्यालय, विद्या विकास इंग्लिस सकेण्डरी स्कुल, इमेज सेकेण्डरी स्कुल, चण्डेश्वरी आधारभुत विद्यालय, लायन्स क्लव अफ न्यातापोल भक्तपुर, नविन आधारभुत विद्यालय र प्रोवेश इंग्लिस सकेण्डरी स्कुललाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रममा संघका सल्लाहकार राजु सिं बजिको र सचिव सुरेन्द्र जाकिबञ्जारको उद्घोषणबाट शुरु भएको कार्यक्रममा संघका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।




प्रतिक्रिया

One thought on “भक्तपुरमा हाप्किडो सम्बन्धि अभिमुखिकरण

Leave a Reply to Stevlafe Cancel reply

Your email address will not be published. Required fields are marked *