क्यारेवियन लिग खेल्न सन्दीप वेष्टइण्डिज प्रस्थान

डिसी नेपाल
१ भदौ २०७६ २२:३९

काठमाडौं। नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिग क्रिकेट खेल्न त्यसतर्फ प्रस्थान गरेका छन् । उनी आइतबार अपरान्ह वेष्टइण्डिज प्रस्थान गरेका हुन् । उनी अमेरिका हुँदै जानेछन् ।

सन्दीपले गत सिजन पनि यो प्रतियोगिता खेलेका थिए । सीपीएल टी–२० सेप्टेम्बर ८ तारिखदेखि शुरु हुँदैछ । उनको टिम वार्वाडोसले पहिलो खेलमा अमेजन वारियर्ससँग खेल्ने छ ।

यस्तै दोस्रो खेलमा सेप्टेम्बर ११ मा सन्दीपको पूर्व क्लब सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्ससंग खेल्नेछ । सन्दीपले लगातार दोस्रो सिजन सीपीएल लिग खेल्न लागेका हुन।

सीपीएल खेल्नका लागि वेस्टइण्डिज जानका लागि अमेरिकाको भिसा आवेदन दिँदा सुरुमा अमेरिकन राजदूतावासले अस्वीकृत गरेको थियो । तर चौतर्फी दवाव पछि उनलाई बोलाएरै भिसा दिएको थियो । प्रतियोगिता सेप्टेरम्बरमा शुरु हुने भए पनि केही समय अमेरिका घुम्नका लागि चाँडै गएको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *