चेल्सी घरेलु मैदानमा अंक बाँड्न बाध्य

डिसी नेपाल
१ भदौ २०७६ २३:४४

लण्डन (एजेन्सी) । इंग्लिश प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार मानिएको क्लब चेल्सी बराबरीमा रोकिएको छ । स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा चेल्सी लेष्टर सिटीसँग १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा चेल्सीले बराबरी खेलेको हो ।

खेलको सातौं मिनेटमा मासोन माउन्टले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । लेष्टरका मिडफिल्डर विल्फ्रेड एनडीडीको गल्तीमा मासोनले गोल गरेका थिए ।

तर, खेलको ६७ औं मिनेटमा लेष्टरका लागि एनडीडीले नै गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। उनले कर्नर बलमा हेड गोल गरेका थिए ।

यो बराबरीसँगै मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डले बराबरीबाट घरेलु मैदानमा डेब्यु गरेका छन् । र, लिगको दुई खेल सकिदा प्रशिक्षक लाम्पार्ड अझै जितविहीन बनेका छन् ।

बराबरीसँगै चेल्सीले नयाँ सिजनको २ खेलपछि पहिलो एक अंक जोडेको छ । यसअघि चेल्सी पहिलो खेलमा म्यानचेस्टर युनाईटेडसँग ४० ले पराजित भएको थियो ।

लेष्टरको भने यो दोस्रो बराबरी हो । पहिलो खेलमा लेष्टरले वुल्भ्ससँग गोलरहित बराबरी खेलेको थियो । लेष्टरले २ खेलबाट २ अंक जोडेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *