पाकिस्तानी सेना प्रमुखको कार्यकाल तीन वर्ष थपिनुको कारण यस्तो छ

डिसी नेपाल
३ भदौ २०७६ ६:५५

बीबीसी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्ना सेना प्रमुख जनरल कमर जावेद बाजवाको कार्यकाललाई तीन वर्ष थपिदिएका छन्। प्रधानमन्त्री कार्यालयद्वारा जारी गरिएको एक विज्ञप्तीका अनुसार जनरल बाजवाको कार्यकाल बढाउने निर्णय सुरक्षास्थितिलाई ध्यानमा राखेर लिइएको हो।

सेना प्रमुखको कार्यकाल बढाइने कुरा केही महिनादेखि चलिरहेको थियो। बाजवाले नोभेम्बर २०१६ मा सेनाको नेतृत्व संहालेका थिए। उनलाई तत्कालिन प्रधानमन्त्री नवाज शरिफले सेनाप्रमुखमा नियुक्त गरेका थिए। जनरल बाजवा यही नोभेम्बरमा सेवानिवृत्त हुँदैथिए जसको दुई महिनाअघि उनको म्याद थपिएको हो।

प्रधानमन्त्री कार्यालयद्वारा जारी गरिएको संक्षिप्त सूचना अनुसार जनरल कमर जावेद बाजवालाई तीन वर्षको थप एक अतिरिक्त कार्यकालका लागि सेनापतिमा नियुक्त गरिएको हो।

यो कार्यकाल उनको वर्तमान कार्यकाल पूरा हुने दिनदेखि सुरु हुनेछ। उक्त सूचना प्रधानमन्त्री इमरान खानको हस्ताक्षर सहित जारी गरिएको थियो। देशका मामिलामा सेनाको प्रभावका कारण सेना प्रमुखको नियुक्ति वा उसको कार्यकाल प्रधानमन्त्रीको एउटा महत्त्वपूर्ण निर्णयका रूपमा हेरिन्छ।

यसले सरकार-सेना सम्बन्धलाई समेत परिभाषित गर्छ। जानकारहरूका भनाइमा यसको सिधा असर देशको सरकार र उसको निर्णय लिने क्षमतामा पर्नेछ।

विश्लेषकहरूका भनाइमा जनरल बाजवा र इमरान खानबिचको सम्बन्ध निकै अद्भूत छ। निकै लामो समयपछि यस्तो समय आएको छ जब पाकिस्तानको राजनीतिक र सैन्य नेतृत्वले एकै दिशामा देशको भविष्यबारे सोचिरहेका छन्।

तर सोही देशका विपक्षी नेताहरूले भने इमरान खानले सेनाको मद्दतका भरमा सत्ता हासिल गरेको आरोप लगाएका छन् जसलाई खानको पार्टी पीटीआईले खारेज गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *