पाकिस्तानलाई हराउँदै श्रीलंका महिला एशिया कपको फाइनलमा
काठमाडौं। श्रीलंका जारी महिला एशिया कपको फाइनलमा पुगेको छ। शुक्रबार राती सम्पन्न दोस्रो सेमिफाइनल खेलमा श्रीलंकाले पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो।
पाकिस्तानले दिएको १४१ रनको लक्ष्य पछाएको श्रीलंकाले १९.५ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। यस अघि पाकिस्तानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ४ विकेट गुमाउदै १४० रन बनाएको थियो।
योजितपछि श्रीलंकाले फाइनलमा भारतको सामना गर्ने छ। शुक्रबार नै सम्पन्न पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई १० विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो। अब फाइनल खेल आइतबार हुने छ। यो हारसँगै पाकिस्तानको एशिया कप यात्रा टुंगिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment