चितवनमा अप्रिय घटनाको संकेत, अदालतको आदेश आउने बेला २ जना प्रहरीको नियन्त्रणमा

डिसी नेपाल
३ भदौ २०७६ १६:०४

चितवन। रवि लामिछानेसहितका तीन जना पक्राउ परेपछि तनावग्रस्त रहँदै आएको चितवनमा अप्रिय घटना हुन सक्ने संकेत देखिएको छ । अदालतले तीन जना अभियुक्तका विषयमा अर्को आदेश दिने समय हुनै लाग्दा २ जना प्रदर्शनकारीलाई अदालत अगाडिबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदर्शनकारीहरुले आज तीनै जना अभियुक्त रिहा हुने अपेक्षा गरेका छन् । यही कारण अदालतको कारवाही चलिरहँदा उनीहरु व्यग्र प्रतिक्षा गरेर बसिरहेका छन् । यही बीचमा अराजक क्रियाकलाप गरेपछि प्रहरीले ती २ जनालाई नियन्त्रणमा लिएको छ जसका कारण भीड रिसाएको छ ।

भीड रुष्ट भएका बेला अदालतको आदेश आउने सम्भावना पनि छ । यदि यही समयमा अदालतको आदेश आउने र अदालतले तीनै जनालाई प्रहरीले मागेबमोजिम म्याद थपको आदेश दिएमा भीड थप उत्तेजित हुने खतरा छ । सम्भावित खतरालाई ध्यानमा राख्दै प्रहरीले पनि सुरक्षा व्यवस्थामा चुस्ती ल्याएको छ ।




प्रतिक्रिया

One thought on “चितवनमा अप्रिय घटनाको संकेत, अदालतको आदेश आउने बेला २ जना प्रहरीको नियन्त्रणमा

Leave a Reply to Stevlafe Cancel reply

Your email address will not be published. Required fields are marked *