नागरिकतामा श्रीमानको थर लेख्ने कि नलेख्ने ?

डिसी नेपाल
१७ भदौ २०७६ १४:१५

काठमाडौं । नेपाली नागरिकताको प्रमाणपत्रमा विवाहित महिलाले श्रीमानको नाम राख्ने कि नराख्ने भन्ने विषयमा विवाद भएको छ । मंगलबार बिहान बसेको संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा नागरिकता विधेयकमा भएको छलफलमा श्रीमानको नाम राख्ने कि नराख्ने भन्ने विषयमा सांसदहरु विभाजित भएका हुन् ।

यसअघि नागरिकता विधेयकमा विवाद भएपछि यसको समाधानको लागि राज्य व्यवस्था तथा सुशासन समितिले एउटा उपसमिति बनाएको थियो । १५ दिनको म्याद दिइ बनाइएको उपसमितिले ६ महिना लगाएर बल्ल प्रतिवेदन बुझायो तर त्यो प्रतिवेदन पनि अपूर्ण थियो । उपसमितिले मुख्य विवादित विषयमा कुनै पनि समाधानको बाटो खोजेकै थिएन ।

बैठकमा केही सांसदले श्रीमानको नामबाट वंशजको नागरिकता दिने प्रावधान खारेज गर्दै नागरिकतामा श्रीमानको थर लेख्न नपर्ने व्यवस्था गर्नुपर्ने बताए । केही सांसदले यस विषयमा बहस नै नगर्न सुझाए भने केही सांसदले भने श्रीमानको थर राख्नैपर्ने बाध्यता नभए पनि महिलाले आफैं सुरक्षित हुन हतारहतार श्रीमानको नाम राख्ने गरेको बताए । उनले त त्यसो भए श्रीमानको नागरिकतामा पनि श्रीमतीकोथर राखौं भन्ने तर्कसमेत गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *