१० जनामा सीमित आर्सनलको संघर्षपूर्ण जित

डिसी नेपाल
६ असोज २०७६ ७:५४

एजेन्सी। इंगलिश प्रिमियर लिग फुटबलमा लिभरपुलले १०० प्रतिशत खेल खेलेको छ। आइतबार राति लिभरपुलले अर्को उपाधि दावेदार चेल्सीलाई उसकै घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा पराजित गर्यो। लिभरपुल २–१ को गोल अन्तरले विजयी भयो।

खेलको १४ औं मिनेटमा लिभरपुलले अलेक्जेण्डर अर्नोल्डको फ्रिकिक गोलबाट खेलमा अग्रता लिएको थियो। रोबर्टो फिर्मिन्होले ३० औं मिनेटमा हेड गोलमार्फत लिभरपुलको अग्रतालाई दोब्बर बनाएका थिए।

खेलको ७१ औं मिनेटमा एन्टोनी कोन्टेले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर थप गोल हुन नसकेपछि लिभरपुलले खेल आफ्नो पक्षमा पार्यो।

आइतबार म्यान्चेस्टर युनाइटेड पनि पराजित भयो । युनाइटेडलाई वेष्टह्याम युनाइटेडले २–० गोल अन्तरले पराजित गरेको हो।

वेष्टह्यामको मैदानमा भएको खेलमा एन्डी यार्मोलेन्को र आरोन क्रेसवेलले १–१ गोल गरे। अर्को महत्वपूर्ण खेलमा आर्सनलले एस्टन भिल्लालाई ३–२ गोल अन्तरले हरायो । खेलको २० औं मिनेटमा जोन म्याकगिनले गोल गर्दै एस्टनलाई अग्रता दिलाए।

४१ औं मिनेटमा एन्स्ले म्याटल्यान्ड नाइल्सले दोहोरो पहेंलोकार्डसहित रातो कार्ड पाएपछि १० जनामा सीमित भयो आर्सनल। ५९ औं मिनेटमा निकोलस पेपेले पेनाल्टीबाट गोल गर्दै १–१ को बराबरी गरे ।

६० औं मिनेटमा वेस्लीले गोल गर्दै एस्टनलाई फेरि अग्रता दिलाए । ८१ औं मिनेटमा कालुम च्याम्बर्सले गोल गरेर आर्सनललाई २–२ को बराबरीमा ल्याए ।

८४ औं मिनेटमा पेर्रे इम्रिक आउबामेले गोल गर्दै आर्सनललाई एमाइरेट्स स्टेडियममा महत्वपूर्ण जित दिलाए ।

लिगको चौथो खेलमा क्रिस्टल प्यालेस र वुल्भरह्याम्पटनले १–१ गोलको बराबरी खेलेका छन् ।

छैटौं चरणको खेल सकिँदा लिभरपुल १०० प्रतिशत खेल्ने क्रममा १८ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको म्यान्चेस्टर सिटीको १३ अंक छ ।

११ अंकसहित लेस्टर सिटी तेस्रो, आर्सनल चौथो र वेष्टह्याम पाँचौं स्थानमा छ । ८ अंकबाट म्यान्चेस्टर युनाइटेड आठौं तथा चेल्सी एघारौं स्थानमा छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *