९ विकेटले हारेर पनि खुसी छन् कोहली, भने – ‘जानीजानी यस्तो निर्णय गरें’

डिसी नेपाल
६ असोज २०७६ १३:३३

काठमाडौं। हिजो भएको दक्षिण अफ्रिकासँगको तेस्रो टि–२० मा भारत ९ विकेटले पराजित भयो । तर, भारतीय कप्तान विराट कोहलीले भने रारेर पनि आफू खुसी भएको प्रतिक्रिया दिएका छन् ।

हिजोको खेल बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा भएको थियो । सामान्यतया यो पिचलाई लक्ष्य पिछा गर्ने टिमको अनुकूल पिच मानिन्छ तर कोहलीले यहाँ पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए । कोहलीको यो निर्णयले टिमलाई नोक्सानी पनि भयो र भारत ९ विकेटले हार्यो । तर, कोहलीले यसलाई सर्वश्रेष्ठ संयोजन खोज्नको लागि आफूले जोखिम उठाएको भनेका छन् ।

कोहलीले भने ‘हामीले जोखिम उठाउनुपर्छ । जब तपाइँ खेल जित्न चाहनुहुन्छ त्यतिबेला पनि जोखिम उठाउनु पर्छ । तपाइँ जबसम्म खेल्न सुरु गर्नुहुन्न तबसम्म केही तय हुँदैन । मलाई लाग्छ जब हामी अनुकूल परिस्थितिबाट धेरै बाहिर निस्केर खेल्न इच्छुक हुन्छौं त्यसपछि हामी टसमा के भयो भनेर डराउँदैनौं । हामी प्रयास गर्दै छौं कि टसका क्रममा के भयो त्यसलाई टिमको रुपमा बाहिर गरिदिउँ ।’

कोहलीका अनुसार टस हारेर प्रतिकूल परिस्थितिमा खेल्नु परेको अवस्थामा पनि सामान्य मनस्थितिले खेल्न सकियोस् भन्नका लागि उनले पहिले बलिङ रोज्दा फाइदा हुने पिचमा पनि पहिले ब्याटिङ रोजेर प्रतिकूल अवस्थामा खेल्ने प्रयास गरेका थिए । कोहलीले यस्ता प्रयोगलाई विश्वकपको तयारी बताउने गरेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *