सन्दिपले गुमाए हिरो बन्ने मौका, अन्तिम दुई बल ‘डट’ खेल्दा टिम पराजित

डिसी नेपाल
७ असोज २०७६ १०:११

काठमाडौं । सन्दिप लामिछानेले राम्रो बलिंग प्रदर्शन गरेता पनि करेबियन प्रिमियर लिग अन्तर्गत छैठौं खेलमा बार्बेडोस ट्राइडेन्टले जमैका ताल्लावाहसंग हार बेहोरेको छ।

रोमान्चक खेलमा जमैका तल्लावाहले दिएको १२८ रनको लक्ष्य पछ्याउने क्रममा २० ओभर ब्याटिंग गरेता पनि बार्बेडोसले ९ विकेट गुमाएर १२२ रन मात्र बनाउन सक्यो र ५ रनले खेल हार्न पुग्यो।

लक्ष्य पछ्याउने क्रममा बार्बेडोसलाई अन्तिम २ बलमा जितको लागि ६ रन आवश्यक रहेको थियो र साथमा १ विकेट मात्र बाँकी थियो। स्ट्राइकमा सन्दिप लामिछाने थिए जसले यस अघि ६ बलमा १ चौका प्रहार गर्दै ९ रन बनाईसकेका थिए। २ बलमा ६ रन बनाउदै सन्दिप खेलको हिरो बन्न सक्थे।

तर ड्वेन स्मिथले गरेको ओभरको पाँचौ र छैठौं बलमा सन्दिपले छक्का हान्ने प्रयास गरेता पनि दुवै बल उनले छुनै सकेनन्। ८ बलमा १ चौका मदतले अविजित ९ रन बनाए पनि सन्दिपले खेल भने जिताउन सकेनन्।

हार पछि पनि ६ खेलको समाप्ति मा २ जित र ४ हार बेहोरेको बार्बेडोस अंकतालिकाको चौथो स्थानमा यथावत रहेको छ। जमैका भने अंक तालिकाको पुछारबाट पाँचौ स्थानमा उक्लेको छ। जमैकाले ८ खेल खेल्दा २ जित र ६ हार बेहोरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *