त्रिकोणात्मक टी–२० सिरिज खेल्न नेपाली टोली आज सिंगापुर जाँदै

डिसी नेपाल
८ असोज २०७६ ८:४७

काठमाडौं । सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज प्रस्थान गर्ने भएका छन् ।

नेपाली टिम राति १०ः१५ बजे सिल्क एयरबाट टिम सिंगापुर जाने नेपाली टोलीका टिम म्यानेजर रमण सिवाकोटीले बताए। सिंगापुर क्रिकेटको आयोजनामा हुने टी–ट्वान्टी सिरिज शुक्रबारबाट सुरु हुनेछ । सिरिजमा नेपाल, आयोजक सिंगापुर र टेष्ट राष्ट्र जिम्बावेबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालले शुक्रबार जिम्वाबेसँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । यस्तै शनिबार नेपालले सिंगापुरसँग खेल्नेछ।

नेपाली टोलीः

पारस खड्का (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप लामिछाने, अभिनास बोहोरा, कुशल मल्ल, आरिफ शेख, सुशन भारी, ईशान पाण्डे, सन्दीप जोरा, रोहित कुमार पौडेल


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *