घाईते मेस्सी, आगामी तीन खेल गुमाउने !
एजेन्सी । बल्लबल्ल मैदानमा फर्किएका मेस्सी पुन घाइते भएपछि बार्सिलोनाका आगामी केही खेलमा उनी अनुपस्थित हुने भएका छन्। मेस्सीले कम्तिमा तीन खेल गुमाउने विभिन्न अंतर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।
मेस्सीले बार्सिलोनाका लागि यो सिजन ३ खेल मात्र खेलेका छन्। यसै साता फिफा वर्ष खेलाडी घोषित मेस्सीले यो सिजन गोल गर्न सकेका छैनन्। मेस्सी गत सिजन घरेलु लिग र युरोपकै सर्वाधिक गोलकर्ता बनेका थिए।
छैटौँपटक फिफा वर्ष खेलाडी भएको भोलीपल्ट गत मंंगलबार भिल्लारियलविरुद्ध खेल्नेक्रममा मेस्सीको पिँडुलामा चोट बल्झिएको थियो। त्यस खेलमा उनलाई यो सिजनकै पहिलोपटक सुरुवाती टोलीमा समावेश गरिएको थियो। पछिल्लो घटनापछि मेस्सीले युरोपियन च्याम्पियन्स लिगअन्तर्गत इन्टर मिलानविरुद्ध आगामी साता हुने खेल मेस्सीले गुमाउने छन्।
बार्सिलोनाले आगामी शनिबार घरेलु लिगमा गेटाफेसँग खेल्दै छ। त्यसपछि इन्टर मिलान र सेभिलविरुद्ध भिड्ने छ। यो सिजन बार्सिलोनाको प्रदर्शन सन्तोषजनक छैन। उसले घरेलु लिगमा तीन जित, दुई हार र एक बराबरीको नतिजा निकालेको छ। मेस्सीले यो सिजन टोलीका सुरुवाती चार खेल चोटकै कारण गुमाएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment