खेलकुदको विकासमा सबै तहका सरकार केन्द्रित हुनुपर्छ : खनाल
काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले खेलकुद क्षेत्रको विकासमा केन्द्रित हुन सबै तहका सरकारलाई आग्रह गरेका छन्।
वरिष्ठ नेता खनालले मुलुक आर्थिक विकासतर्फ लम्किएको उल्लेख गर्दै खेलकुद क्षेत्रको विकासमा केन्द्रित हुन तीन वटै तहका सरकारलाई आग्रह गरे।
सरकारले खेलकुद क्षेत्रको विकासका लागि पनि मुलुकलाई समृद्ध बनाउन ‘समृद्ध नेपालः खुसी नेपाली’ को राष्ट्रिय लक्ष्यलाई अघि सारेको वरिष्ठ नेता खनालको भनाई छ ।
काठमाडौंमा बिहीबार शुरु भएको ‘प्रधानमन्त्री कप चौंथो अन्तरविश्वविद्यालय राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै वरिष्ठ नेता खनालले खेलकुद क्षेत्रको विकासका लागि पनि देशलाई धनी बनाउन केन्द्रित हुनुपर्ने पनि स्पष्ट पारे।
वरिष्ठ नेता खनालले मुलुकको संस्कृतिलाई सही ढंगले अघि बढाउन पनि खेलकुद क्षेत्रको विकासमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए।
कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले खेलकुदलाई पठनपाठनसँग जोडेर अघि बढन सबै विश्वविद्यालयहरुलाई आह्वान गरे। उनले त्यसका लागि विश्वविद्यालयलाई चाहिने आवश्यक आर्थिक सहायता परिषदले उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गरे।
सदस्य सचिव सिलवालले स्वस्थ नागरिक हुन पनि खेलकुद क्षेत्रको विकास अति जरुरी रहेको पनि स्मरण गराए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment