सन्दीप लामिछानेको घातक बलिंग (लाईभ भिडियो)
काठमाडौं। सिंगापुरमा शुक्रबार शुरु भएको त्रिकोणीय सिरिजको पहिलो खेलमा नेपालले जिम्बाबेलाई १३३ रनको लक्ष्य दिएको छ। नेपालले पहिला ब्याटिंग गर्दै ६ विकेटमा १३२ रन बनायो।
लक्ष्य पछ्याएको जिम्बाबेले चार ओभरमा ३ विकेट गुमाएको छ। सन्दीप लामिछानले नै नेपालका लागि तीनै विकेट लिएका हुन्। उनले चिकाभा र मुटाबाजीको विकेट लिए। इशान पाण्डेले लिएको आउटस्ट्याडिंग क्याचमा सन्दीपले दोस्रो सफलता पाएका हुन्। यस्तै जिम्बाबेका कप्तान सेन विलियम्सनको विकेट पनि सन्दीपले लिए।
यो समाचार तयार पार्दासम्म जिम्बाबेले ३ विकेटको क्षतिमा ४ ओभरमा 37 रन बनाएको छ।
नेपालका लागि सोमपाल कामीले अन्तिममा विष्फोटक ब्याटिंग गरे। तीन छक्का प्रहार गरेका सोमपालले १४ बलमा २५ रनको महत्वपूर्ण इनिंग खेले।
नेपालका लागि उपकप्तान दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रन बनाए। उनले ३२ बलमा सो रन बनाएका हुन्। टेष्ट राष्ट्र जिम्बाबेका बलर अगाडि अन्य ब्याट्सम्यान टिक्न नसकेको बेला ऐरीले भने एक इण्डबाट नेपालको इनिंग अगाडि बढाएका थिए।
नेपालका लागि डेब्यू गरेका इशान पाण्डेले ४ रन बनाए भने कप्तान पारस खड्काले १८ रनको योगदान दिए। यस्तै आरिफ शेखले ८ रनमात्र बनाउँदा अर्का डेब्यूटान्ट कुशल मल्लले २ रनमात्र बनाए।
दिपेन्द्रसिं ऐरीसँग राम्रो साझेदारी गरेका सन्दीप जोराले १७ रन बनाए।
सोमपाल २५ र विनोद भण्डारी ११ रनमा नटआउट रहे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment