पहिलो खेलमा जित नजिक नेपाल (लाईभ भिडियो)
काठमाडौं। शुक्रबार सिंगापुरमा शुरु भएको त्रिकोणीय टि ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल जित नजिक पुगेको छ। पहिला ब्याटिंग गर्दै नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएको जिम्बाबेले ११ ओभर खेल्दा महत्वपूर्ण ५ विकेट गुमाएपछि नेपालले खेलमा आफ्नो दबाब बनाएको हो।
नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने कप्तान पारस खड्काले एक विकेट लिए। एक विकेट भने दिपेन्द्र सिंह ऐरीको सिधा थ्रोमा नेपालले प्राप्त गरेको हो।
यो समाचार तयार पार्दासम्म जिम्बाबेले १२ ओभरमा ५ विकेट गुमाएर ७२ रन बनाएको छ। उसलाई जितका लागि अझै ४८ बलमा ६१ रन आवश्यक छ।
नेपालले यसअघि ६ विकेटमा १३२ रन बनाएको थियो। सोमपाल कामीले ३ छक्का प्रहार गरेर १४ बलमा २५ रन बनाएपछि नेपाले चुनौतीपूर्ण स्कोर बनाएको थियो।
सिरिजमा घरेलु टिम सिंगापुर पनि छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment