त्रिकोणात्मक सिरिजः सिंगापुर र नेपाल भिड्दै, पहिलो जितको खोजिमा दुवै टोली

डिसी नेपाल
११ असोज २०७६ ६:५७

काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपालले आज घरेलु टोली सिंगापरसँग प्रतिस्पर्धा गर्दैछ। इन्डियन एसोसियसनको मैदानमा नेपालले साँझ सिंगापुरको सामना गर्नेछ । नेपाल र सिंगापुरबीचको खेल नेपाली समय अनुसार साँझ ५ः१५ मा सुरु हुनेछ ।

सिंगापुरविरुद्ध मैदानमा उत्रँदा नेपाल आफ्नो पहिलो जितको खोजिमा हुनेछ। शुक्रबार भएको पहिलो खेलमा जिम्बावेसँग ५ विकेटले पराजित भएर खराब सुरुवात गरेको नेपालले आज जित निकाल्ने दाउमा रहेको छ। यस्तै सिंगापुर पनि आफ्नो पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ। सिंगापुरविरुद्ध नेपाललाई जित निकाल्न त्यति सहज भने नहुन सक्छ।

पछिल्लो समय लयमा रहेको घरेलु टोली सिंगापुरलाई हराउन नेपालले परिश्रम गर्नुपर्ने देखिन्छ। केही समय पहिला मलेसियामा भएको विश्वकप च्यालेञ्ज लिगमा सिंगापुरले निकै राम्रो प्रदर्शन गरेको थियो। यस्तै जुलाईमा भएको विश्वकप एसिया छनोटमा पनि नेपाललाई ८२ रनले पराजित गर्दै सिंगापुर ग्लोबल छनोटमा परेको थियो। आज नेपाललाई उक्त हारको बदला लिने मौका समेत रहेको छ।

सिंगाुपरको ब्याटिङ र बलिङ निकै लयमा देखिएको छ। नेपालको ब्याटिङमा समस्या नदेखिए पनि जिम्बावे विरुद्धको पहिलो खेलमा बलिङमा खराबी देखिएको थियो।

नेपाली टोलीः

पारस खड्का (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप लामिछाने, अभिनास बोहोरा, कुशल मल्ल, आरिफ शेख, सुशन भारी, ईशान पाण्डे, सन्दीप जोरा, रोहित कुमार पौडेल


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *