सिंगापुरविरुद्ध नेपालले टस हारेर बलिङको निम्तो पायो
काठमाडौं। सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपालले आज घरेलु टोली सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ। आजको खेलमा नेपालले टस हारेर बलिङको निम्तो पाएको छ । इन्डियन एसोसियसनको मैदानमा हुने खेल अहिले नेपाली समयअनुसार सवा ५ बजे सुरु हुनेछ ।
सिंगापुरविरुद्ध मैदानमा उत्रँदा नेपाल आफ्नो पहिलो जीतको खोजीमा हुनेछ। शुक्रबार भएको पहिलो खेलमा जिम्बाब्वेसँग ५ विकेटले पराजित भएर खराब सुरुवात गरेको नेपालले आज जीत निकाल्ने दाउमा रहेको छ। यस्तै सिंगापुर पनि आफ्नो पहिलो खेलमा जीत निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ। सिंगापुरविरुद्ध नेपाललाई जीत निकाल्न त्यति सहज भने नहुन सक्छ।
पछिल्लो समय लयमा रहेको घरेलु टोली सिंगापुरलाई हराउन नेपालले परिश्रम गर्नुपर्ने देखिन्छ। केही समय पहिला मलेसियामा भएको विश्वकप च्यालेञ्ज लिगमा सिंगापुरले निकै राम्रो प्रदर्शन गरेको थियो। यस्तै जुलाईमा भएको विश्वकप एसिया छनोटमा पनि नेपाललाई ८२ रनले पराजित गर्दै सिंगापुर ग्लोबल छनोटमा परेको थियो। आज नेपाललाई उक्त हारको बदला लिने मौका समेत रहेको छ। सिंगापुरको ब्याटिङ र बलिङ निकै लयमा देखिएको छ। नेपालको ब्याटिङमा समस्या नदेखिए पनि जिम्बावे विरुद्धको पहिलो खेलमा बलिङमा खराबी देखिएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment