रुपन्देहीमा पक्राउ परेका यी ५ जनासँग भेटिएको एउटा मात्र पैसाको नोटको मूल्य पौने १३ करोड !

डिसी नेपाल
४ कार्तिक २०७६ १५:४५

बुटवल। रुपन्देहीको सैनामैना सोरौलीबाट १० लाख युरोको एउटा नोटसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । नोट सक्कली हो या नक्कली भन्ने यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नोटबारे यकिन जानकारीका लागि उक्त नोटलाई नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय काठमाडौं पठाइएको छ । प्रारम्भिक अनुसन्धानबाट उक्त नोट सटही नहुने र मौदि्रक मूल्य नभएको केवल शो केसमा सजाएर राख्ने प्रयोजनको भएको बुझिएको छ ।

नोट सटही भएको खण्डमा १२ करोड ८० लाख नेपाली रुपैयाँ हुन आउँछ । पक्राउ पर्नेमा सैनामैना २ की मिना सुनार, रमेश सुनार, गुल्मी धुर्कोटका राजु सुनार, नवलपरासी बर्दघाटका कमल सुनार र स्याङ्जा गल्याङका गणेश सुनार रहेका छन् । उनीहरुबाट ६ थान मोबाइल पनि बरामद भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *