समुदायको अगुवाईमा पानीको सुद्धता परीक्षण, नदीको पानी पिउन अयोग्य बन्दै

डिसी नेपाल
७ कार्तिक २०७६ ११:०२

काठमाडौं सीमा नदी महाकालीको पानीको शुद्धता परीक्षण पश्चात सरोकारवालासँगको अन्र्तक्रिया कार्यक्रम मंगलबार परशुराम नगरपालिकामा सम्पन्न भएकोे छ।

समुदाय स्तरमा गठीत महिला शशक्तिकरण केन्द्र, स्थानीय बिद्यालयका शिक्षक बिद्यार्थी, नेपाल भारत पैरवी मञ्चका प्रतिनिधि र नदी तटीय समुदायका स्थानीय ब्यक्तिहरुको सहभागीतामुलक ढंगबाट महाकाली नदीको पानीको शुद्धता मापन गर्ने कार्य दार्चुलाको लास्कु गाडदेखि कञ्चनपुरको पिपरीयासम्म यस कार्यलाई सम्पन्न गर्न ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुक र अक्सफाम नेपालको संयुक्त साझेदारीमा सञ्चालित दक्षिण एसियाली अन्तरदेशिय सिमावर्ती नदीहरुको पानीको सामुदायिक सदुपयोग परियोजना ट्रोसाले सहजीकरण सहयोग गरेको छ।

बिगत देखि नै परियोजनाले बेला–बेलामा दार्चुला देखि कञ्चनपुर सम्मको महाकाली नदिको पानीको शुद्धता परिक्षण गर्दै आएको छ । परशुराम नगरपालिकाका नगरप्रमुख भीम बहादुर साँउदको अध्यक्षतामा सञ्चालित अन्र्तक्रिया कार्यक्रमका प्रमुख अथिति जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेश राज भट्ट रहेका थिए।

कार्यक्रममा बोल्दै जिसस संयोजक भट्टले पानीको शुद्धता परिक्षण गरिनु निकै सकारात्मक बिषय भएको भन्दै परियोजनाको कार्यशैली तथा उपलब्धीको प्रशंसा गरे। दुषित पानीका कारण समुदायमा बिभिन्न प्रकोप फैलिने भएकाले बेलैमा सचेत रहन आग्रह गर्दै उनले सो कार्यको सिको जिल्लाका अन्य स्थानीय तहले समेत गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख साँउदले बैज्ञानिक तवरले गरिएको पानीको शुद्धता परिक्षणले स्वास्थ्यलाई फाइदा पुग्ने बताएका थिए । आँखाले देखिने फोहोर पानीलाई मात्रै दुषित पानी नभनिकन शुद्ध पानीका बारेमा ज्ञान लिइराख्न जरुरी रहेको उल्लेख गरेका थिए।

नदीको तटीय भूभाग क्षेत्रमा बसोबास गर्ने समुदायको पहुँच वृद्धि र नदी तटीय समुदायको गरिबी न्यूनीकरणमा सहयोग पु¥याउने उद्देश्यका साथ डडेल्धुरामा दक्षिण एशियाली अन्तरदेशीय सीमा नदीको पानीको सामुदायिक सदुपयोग परियोजना ट्रोसा सञ्चालन भएको रुडुकका कार्यकारी निर्देशक सरस्वती खड्काले जानकारी गराए ।

कार्यक्रममा पानीको सुद्धता परिक्षणका परामर्शदाता कृष्ण देव जोशीले महाकाली नदिमा बग्ने पानीको शुद्धता, फोहोरमैलाको अवस्था, पानीको मापन शैली लगायतका बारेमा तयार पारिएको तथ्याङ्क प्रस्तुत गरेका थिए । खुल्ला रुपमा सिधै नदीमा जाने फोहर, कृषि कार्यमा प्रयोग गरीने बिषादीहरु र कलकारखाना, बजारीकरणका माध्यमबाट नदीमा जानसक्ने फोहरको ४ जिल्लाको मापन समेत गर तथ्यांक तयार गरीएको थियो । साथै महाकाली नदि तटिय क्षेत्रका बासिन्दाका कारण पानी दिन–प्रतिदिन दुषित बन्दै गएको तर्फ सचेत गराएका थिए ।

कार्यक्रममा जनप्रतिनिधि, जिल्लास्थित ३ वटै सुरक्षा निकायका प्रमुख, बिभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रमुख, महिला सशक्तिकरण केन्द्रका प्रतिनिधिहरु तथा प्रतिनिधि, पत्रकार, कार्यक्रम सञ्चालित महाकाली नदि तटिक्ष क्षेत्रका स्थानीय नागरिकहरुको उल्लेख सहभागिता रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *