गजल

राधिका फुलारा
५ पुष २०८२ ७:३४
80
Shares

कहिले वार हुन्छ, कहिले पार हुन्छ
बोल्न जाने सफल व्यापार हुन्छ

सोच्न त सोचिरहेकै छु मैले पनि
घर जान र आउन चट्ट एक कार हुन्छ

मेरो फि तिर्न भनी लाहुर हिँडे मेरा बुबा
मलाई भने पढ्न छोडी कोहिकोहिँसँग प्यार हुन्छ

लाहुर गएकै भोली पल्ट बाले सोधे मलाई
छोरी तिम्रो कार चढ्ने, मेरो घरै बस्ने सपना कहिले साकार हुन्छ

बा हामीले उज्यालोमा मात्र छानो नपाएको होनी
रात परे त सधैँ आँखामा राजदरबार हुन्छ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *