अदालतमा आलमको सुनुवाइ चलिरहेका बेला रौतहटमा प्रहरी चौकीमै बम विष्फोट

डिसी नेपाल
२६ कार्तिक २०७६ १४:५२

काठमाडौँ। रौतहटको मठिया प्रहरी चौकीमा विष्फोट भएको छ । इशनाथ नगरपालिकामा रहेको उक्त प्रहरी चौकीमा विस्फोट हुँदा एक जना प्रहरी जवान घाइते भएका छन् । घाइते हुनेमा सेन्ट्री पोस्टमा रहेका रन्जित यादब छन् ।

प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक चन्दनकुमार छन्। भारतीय नम्बरको मोटरसाइकलमा आएका चन्दन पक्राउ परेका हुन् । सोही मोटरसाइकलमा सवार अर्का एक जना भने फरार रहेको प्रहरीले जनाएको छ । मठिया चौकी भारतसँग सिमा जोडिएको क्षेत्रमा पर्छ । मोटरसाइकलमा आएका दुई जनाको समूहले दिउँसो पौने १ बजे सेन्ट्रीमा रहेका प्रहरीलाई लक्षित गरि सुतली बम प्रहार गरेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *