अमेरिका पुर्‍याउने भनेर मलावीमा बन्धक बनाइएका ६ नेपालीको उद्धार

डिसी नेपाल
२६ कार्तिक २०७६ १६:२६

काठमाडौं । अमेरिका लैजाने भन्दै अफ्रिकाको मलावी लगेर बन्धक बनाइएका ६ नेपालीको उद्धार गरिएको छ । मानव बेचविखन अनुसन्धान व्युरोको समन्वयमा उनीहरुको उद्धार गरिएको हो ।

व्युरोका अनुसार नेपाली युवालाई अमेरिका पुर्याउँछु भनी विगत एक वर्षदेखि भियतनाम, इथोपिया, माडागास्कार, जोर्डन,दुबई र अजरबैजान हुँदै अफ्रिकाको मलावी भन्ने मुलुकमा लगी बन्धक बनाइएको पाइएको छ ।

उनीहरुलाई पीडितका अनुसार मानव तस्कर गिरोहले नेपालबाट भिएतनाम २० दिन, इथोपियामा ४ महिना, माडागास्कारमा २५ दिन, जोर्डनमा १ महिना, दुबईमा ४५ दिन र अजरबैजानमा २० दिन राखेको खुलेको छ ।

व्युरोका एसपी गोविन्द थपलियाका अनुसार मानव तस्करीमा संलग्न भारतीय मुलका नजिर अहमद पक्राउ परेका छन् । उनलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार अनुसन्धान र कारवाही प्रक्रिया अगाडी बढाइएको एसपी थपलियाले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *