डा. केसीले मन्त्रालयले पठाएका चिकित्सकसँग उपचार नगर्ने

डिसी नेपाल
२६ कार्तिक २०७६ १६:३७

डडेलधुरा । १७औं अनसनको ९औं दिनमा डाक्टर केसीले थप उपचार गर्न अस्वीकार गरेका छन्।डाक्टर केसीले स्वास्थ्य मन्त्रालयले उपचारका लागि पठाएका डाक्टरबाट थप उपचार गर्न मानेका छैनन् ।

उनले डडेलधुरा अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक पठाउनुपर्ने भन्दै मेरा लागि त सहयोगी छँदैछन, जनताका लागि चिकित्सक आवश्यक छ, उनका लागि पठाउनु पर्‍यो भन्दै मन्त्रालयबाट आएका डाक्टरबाट उपचार नगराउने बताए।

थप उपचार नगर्ने भन्दै केसीले बिरोध जनाएका छन् । स्वास्थ्य मन्त्रालयले भेरी अस्पतालबाट फिजिसियन डाक्टर राजेश मण्डललाई डा. केसीको थप उपचारका लागि पठाएको भएपनि डाक्टर केसीले मण्डलबाट उपचार गर्न अस्वीकार गरेको डडेलधुरा अस्पतालका मेसु डा.जितेन्द्र कडेल बताए ।

आफ्ना माग पूरा नहुँदासम्म कुनै पनि उपचार नगर्ने भन्दै डाक्टर केसीले सरकारले आफ्ना मागका विषयमा उदासिन भएको आरोप लगाएका छन् । डा.केसीले मन्त्रालयले उपचारका लागि डाक्टर पठाउने हो कि, मसँग गरेका सम्झौता र थप माग पूरा गर्ने हो, उनले भने ,’चिकित्सक नै पठाउने हो भने जनताका लागि डडेल्धरा अस्पतालमा दरबन्दीअनुसारका विषेशज्ञलाई पठाउनुपर्यो।’

अनसनको ९औं दिनमा आइपुग्दा डाक्टर केसीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भएको उनको रेखदेखमा संलग्न डाक्टर तोसिमा कार्कीले बताइन् । सोमबार चिकित्सा शिक्षा सुधारको माग लिएर डडेलधुरामा आमरण अनसनरत डा. केसीलाई लिन गएको हेलिकोप्टर रित्तै फर्किएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *