नवीन कलाश्री पुरस्कार मानन्धरलाई

डिसी नेपाल
३० कार्तिक २०७६ ७:२९

काठमाडौँ । कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठान पोखराले नवीन कलाश्री पुरस्कार पहिलो पटक वरिष्ठ कलाकार किरण मानन्धरलाई प्रदान गर्ने भएको छ। पुरस्कारको राशि रु ५० हजार र ताम्रपत्र रहेको छ।

गोपाल श्रेष्ठ संयोजक रहनुभएको प्रतिभा छनौट समितिले वरिष्ठ कलाकार मानन्धरलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो।

कला क्षेत्रमा विशेष योगदान पु¥याएका व्यक्तिलाई प्रत्येक दुई वर्षमा सो पुरस्कार प्रदान गरिने प्रतिष्ठानका उपाध्यक्ष नीरज कायस्थले जानकारी दिए ।

वरिष्ठ कलाकार क्षेत्रलाल कायस्थले सिर्जना गरेको समुन्द्रसतहदेखि हिमालपारिसम्मको चित्रकला समेटिएको कलायात्रा–७६ को मङ्सिर १ गतेदेखि नेपाल आर्ट काउन्सिल बबरमहलमा हुने प्रदर्शनीका अवसरमा उक्त पुरस्कार प्रदान गरिने प्रतिष्ठानका सदस्य केदार धमलाले जानकारी दिए।

प्रदर्शनीमा कलाकार कायस्थका पानी एवं एक्रेलिक रङका भूदृश्य र अमूर्त गरी ७६ चित्र रहने जनाइएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.