उपचारको क्रममा कैदीबन्दीको मृत्यु

डिसी नेपाल
२६ मंसिर २०८२ १७:३०
48
Shares

वीरगञ्ज (पर्सा) । वीरगञ्ज कारागारमा कैदभुक्तान गर्दै आएका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगञ्ज महानगर–१२ मुर्लीका ३७ वर्षीय अनिल महतो रहेका छन्।

वीरगञ्ज कारागारका प्रशासक बाबुलाल रेग्मीले उपचारका क्रममा एक जना सवारी ज्यान मुद्दाका कैदीबन्दी महतोको मृत्यु भएको जानकारी दिए।

‘कैदीबन्दीलाई स्वास्थ्यमा अप्ठ्यारो हुनेबित्तिकै नारायणी अस्पतालमा पुर्याएका थियौं। तर, उनको उपचारका क्रममा मृत्यु भएको हो’, उनले भने। महतो सवारी ज्यान मुद्दामा अदालतबाट तीन वर्ष कैद सजाय र दुई हजार जरिवाना तोकिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *