नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

डिसी नेपाल
१३ कार्तिक २०८३ २२:३३
4
Shares

काठमाडौं। नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तरराष्ट्रिय सूचीमा नेपालका थप छवटालाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल अघि बढाएको छ।

विश्व पर्वतारोहण तथा आरोहण महासङ्घद्वारा आज यहाँ आयोजित साधारणसभामा नेपालका थप छवटा हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल अघि बढाइएको हो। नेपालले राखेको उक्त प्रस्तावलाई अन्तरराष्ट्रिय मान्यता प्राप्त भए विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको सङ्ख्या १४ बाट बढेर २० पुग्नेछ भने नेपालमा मात्रै यस्ता हिमालको सङ्ख्या १४ पुग्नेछ।

नेपालले छुट्टै हिमालका रूपमा अन्तरराष्ट्रिय मान्यता दिलाउन प्रस्ताव गरेका हिमालमा यालुङ काङ (८,५०५ मिटर), कञ्चनजङ्घा दक्षिण (८,४७६ मिटर), कञ्चनजङ्घा मध्य (८,४७३ मिटर), ल्होत्से मध्य (८,४१० मिटर), ल्होत्से शार (८,४०० मिटर) र यालुङ काङ पश्चिम (८,०७७ मिटर) रहेका छन्। नेपालका यी हिमालले अन्तरराष्ट्रिय मान्यता पाए नेपालको हिमाली पहिचान थप विस्तार हुनुका साथै विश्व पर्वतारोहणको नक्सामा नेपालको उपस्थिति अझ सुदृढ हुने बताइएको छ।

उक्त कार्यले नयाँ पर्वतारोहण गन्तव्यको पहिचान, आरोहण गतिविधिको विस्तार र साहसिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ। नेपालले यसअघि सन् १९८२ र २०११ मा विश्व पर्वतारोहण तथा आरोहण महासङ्घको साधारणसभा आयोजना गरेको थियो। बिहीबार र आज यहाँ आयोजित महासङ्घको साधारणसभामा विश्वका विभिन्न देशका पर्वतारोहण महासङ्घका प्रतिनिधि, विज्ञ तथा सरोकारवालाको सहभागिता थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *