नेपाली सेनाद्वारा उद्धार तथा आगलागी नियन्त्रण

डिसी नेपाल
२६ मंसिर २०८२ २२:१३
12
Shares

काठमाडौं । नेपाली सेनाको विभिन्न स्थानमा खटिएका टोलीले उद्धार तथा आगलागी नियन्त्रण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

पाल्पा जिल्ला, निस्दी गाउँपालिका–४ मित्यलस्थित चिउरेवासमा यात्रुबाहक जिप बाटोबाट तल खसी दुर्घटना भएकामा नेपाली सेना, दि फेमस महिन्द्र दल गणबाट खटिएको उद्धार टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयको सहयोगमा आठ जना घाइतेको उद्धार गरी नवलपरासीको मध्यविन्दु अस्पतालतर्फ पठाउन सहयोग गरेको थियो।

यसैगरी दाङ जिल्ला राप्ती गाउँपालिका–२ कठाहास्थित फोहर सङ्कलन केन्द्रमा भएको आगलागी नेपाली सेनाको ज्वालादल गणबाट खटिएको उद्धार टोलीले प्रशासन तथा अन्य सुरक्षा निकाय एवं स्थानीयको सहयोगमा लमही नगरपालिका र गढुवा गाउँपालिकाको दमकल, राप्ती गाउँपालिकाको ट्याङ्कर र अन्य अग्नि नियन्त्रणका सामग्री प्रयोग गरी नियन्त्रणमा लिएको छ।

साथै कास्की जिल्ला, पोखरा महानगरपालिका–६ बस्ने पुरूष एक प्याराग्लाईडिङ गर्ने क्रममा फेवातालमा खसी डुबेकोले नेपाली सेनाको महावीर गण, रेञ्जरबाट खटिएको उद्धार टोलीले सकुशल उद्धार गरेको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *