विमान घरमा ठोक्किँदा कम्तीमा २४ जनाको मृत्यु

डिसी नेपाल
८ मंसिर २०७६ २०:२९

बीबीसी । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा एउटा विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा २४ जनाले ज्यान गुमाएको बताइएको छ। उक्त विमान गोमा सहरस्थित घरहरूमा ठोकिएको थियो।

हताहत हुनेमा घर र त्यसवरपर रहेका मानिसहरू पनि छन्। अधिकारीहरूका अनुसार विमानमा १७ यात्रु र चालक दलका दुई सदस्य थिए। विमान के कारण दुर्घटनामा परेको हो भन्ने कुरा अहिलेसम्म थाहा हुन सकेको छैन। तर केही स्रोतहरुले उड्नेबित्तिकै विमानको इन्जिनले काम गर्न छोडेको बताएका छन्।

घटनालगत्तै उद्धारकर्मी र स्थानीय बासिन्दाहरू दुर्घटनास्थलमा पुगेका थिए। विमान ठोकिएको घरहरूमा कति जना थिए भन्ने कुरा स्पष्ट हुन सकेको छैन। सुरक्षासम्बन्धी मापदण्डमा आवश्यक ध्यान नपुऱ्याइएको लगायतका कारणले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा हवाई दुर्घटना तुलनात्मक रूपमा धेरै हुने गरेको छ।

त्यसैले त्यहाँका व्यावसायिक विमानलाई युरोपेली सङ्घले प्रतिबन्ध लगाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *