सोमबार पनि घट्यो सुन

डिसी नेपाल
२३ मंसिर २०७६ १२:१७

काठमाडौं । आईतबार ५ सय रुपैयाँ घटेको सुनको भाउ आज पनि २ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार तथा तेजावी सुन ७० हजार ७ सय रुपैयाँ तोकेको छ ।

आईतबार छापावाला सुन प्रतितोला रु ७१ हजार २ सय तथा तेजावी सुन ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको भाउसँगै चाँदीको भाउ पनि घटेको छ । आईतबार ८ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ५ रुपैयाँ घटेर ८ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *