निरन्तर ओरालो लाग्दै सुनको भाउ, आजपनि घट्यो

डिसी नेपाल
२४ मंसिर २०७६ ११:०८

काठमाडौं । अघिल्लो साताबाट निरन्तर ओरालो लाग्न थालेको सुनको मूल्य आज पनि २ सय रुपैयाँ घटेको छ ।

आईतबार सुन प्रतितोला ५ सय तथा सोमबार २ सय रुपैयाँ घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुन प्रतितोला रु ७० हजार ८ सय तथा तेजावी सुनको भाउ ७० हजार ५ सय रुपैयाँ तोकेको छ ।

सोमबार छापावाला सुन प्रतितोला रु ७१ हजार तथा तेजावी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज बजारमा चाँदी ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *