ओरालो लाग्न थाल्यो सुनको मूल्य

डिसी नेपाल
२४ मंसिर २०७६ १६:५८

काठमाडौं । पछिल्लो एक सातादेखि स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट भइरहेको छ । गत बुधबारदेखि सुनचाँदीको मूल्य ओरालो लागिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा त्यसको प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला २०० ले घटेको छ । महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ५०० निर्धारण गरेको छ । पछिल्लो एक साताको अवधिमा सुनको मूल्य प्रतितोला एक हजार ४०० ले घटेको छ ।

सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ । आज चाँदीको मूल्यमा प्रतितोला ५ ले घटेर ८३० मा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । गत बुधबार छापावाला सुन प्रतितोला ७२ हजार २०० र तेजाबी सुन ७१ हजार ९०० मा खरिदबिक्री भएको थियो । सुनको मूल्य बिहीबार प्रतितोला २००, शुक्रबार ३००, आइतबार ५०० र सोमबार प्रतितोला २०० ले घटेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *