देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात (फोटो फिचर)
सोलुखुम्बुको सिमानामा पर्ने ठाडे र पत्ताले बजार क्षेत्रमा परेको हिउँ ।
काठमाडौं । दुई दिनदेखि जारी पश्चिमी न्यूनचापीय वायुको प्रभावले देशभर बद्लीसँगै वर्षा तथा हिमपात गराएको छ।

उक्त मौसमी प्रणालीको प्रभावले केही उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले उच्च पहाडीसहित हिमाली भूभागका स्थानमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले शनिबार साँझ मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन जारी गर्दै नेपालमा न्यूनचापीय वायुको प्रभाव कायमै रहेको हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बद्ली भई बाँकी भूभागमा आंशिक बद्ली रहेको जनाएको छ।

जुम्लामा भएको हिमपात । शुक्रबारदेखि भएको हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।


इलाम जिल्लाकै उच्च क्षेत्र मानिने पर्यटकीय क्षेत्र सन्दकपुरमा परेको हिउँ ।

इलामकै उच्च क्षेत्र मानिने पर्यटकीय क्षेत्र सन्दकपुरमा परेको हिउँ ।



जुम्लामा भएको हिमपातमा रमाउँदै जे आर जयरत्न कर्णाली बोर्डिङका विद्यार्थी ।

तस्बिर : राष्ट्रिय समाचार समिति (रासस)







डिसी नेपाल








Facebook Comment