देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात (फोटो फिचर)

डिसी नेपाल
२९ मंसिर २०७६ ७:३१

काठमाडौं । दुई दिनदेखि जारी पश्चिमी न्यूनचापीय वायुको प्रभावले देशभर बद्लीसँगै वर्षा तथा हिमपात गराएको छ।

ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने ठाडे र पत्ताले बजार क्षेत्रमा परेको हिउँ। 

उक्त मौसमी प्रणालीको प्रभावले केही उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले उच्च पहाडीसहित हिमाली भूभागका स्थानमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

जुम्लामा भएको हिमपात ।

महाशाखाले शनिबार साँझ मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन जारी गर्दै नेपालमा न्यूनचापीय वायुको प्रभाव कायमै रहेको हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बद्ली भई बाँकी भूभागमा आंशिक बद्ली रहेको जनाएको छ।

जुम्लामा भएको हिमपात । शुक्रबारदेखि भएको हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।

जोमसोम बजारमा परेको हिमपात

इलाम जिल्लाकै उच्च क्षेत्र मानिने पर्यटकीय क्षेत्र सन्दकपुरमा परेको हिउँ ।

इलामकै उच्च क्षेत्र मानिने पर्यटकीय क्षेत्र सन्दकपुरमा परेको हिउँ ।  

शुक्रबार दिउँसोदेखि हिमपात हुँदा हिउँले ढाकिएको ताप्लेजुङको हिमाली बस्ती घुन्सा।
जोमसोम बजारमा परेको हिमपात

जुम्लामा भएको हिमपातमा रमाउँदै जे आर जयरत्न कर्णाली बोर्डिङका विद्यार्थी । 

शुक्रबारदेखि भएको हिमपातका कारण इलामको उच्च क्षेत्र मानिने पर्यटकीय स्थल सन्दकपुर ।

तस्बिर : राष्ट्रिय समाचार समिति (रासस)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *