सुनसरीमा १ हजार ४५४ किलो गाँजासहित एक जना पक्राउ

डिसी नेपाल
३ असोज २०८३ ११:४१

सुनसरी। सुनसरीको इनरुवा नगरपालिका–१० जाल्पापुर चम्राही टोलबाट प्रहरीले १ हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

शनिबार बिहान करिब ३ बजे को १ च ८२७९ नम्बरको टाटा पिकअप भ्यान जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

गाँजासहित भोक्राहा नरसिंह गाउँपालिका–५ का ३० वर्षीय रामबहादुर यादवलाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *