काठमाडौं जिल्ला अदालत परिसरबाटै साढे ४ लाखभन्दा बढी लेनदेन गर्ने दुई जना पक्राउ
काठमाडौं । काठमाडौं जिल्ला अदालत परिसरमा धरौटीमा छुटाइदिने भन्दै रकम लेनदेन गरिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नुवाकोटका अजय थापा मगर र हरिराम गिरी रहेका छन्।
उनीहरूले लागुऔषध मुद्दाका प्रतिवादी विमल घलेलाई धरौटीमा छुटाइदिने प्रलोभन दिएर उनकी पत्नीबाट ४ लाख ७९ हजार रुपैयाँ लिइरहेका थिए।
अदालत परिसरभित्रै रकम लेनदेन भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको अदालत प्रशासनले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment