स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

डिसी नेपाल
२ असोज २०८३ २०:५५

काठमाडौं । प्रहरीले स्रोत नखुलेको रु ३४ लाख ९५ हजार नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ का ४२ वर्षीय सन्तोष भुसाल र पर्साको वीरगञ्ज महानगरपालिका–२१ का ४० वर्षीय प्रवेश महत्तो रहेका छन्।

काठमाडौं महानगरपालिका–२९, अनामनगरस्थित किम्ची रेष्टुरेण्टमा स्रोत नखुलेको हुण्डीको रकम कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पक्राउ परेका दुवै जनाको साथबाट स्रोत नखुलेको सो रकम बरामद गरिएको छ। प्रहरीले पक्राउ परेका दुवै जनाविरुद्ध हुण्डीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *