राष्ट्रिय वाणिज्य बैँकको सुर्खेतमा प्रादेशिक कार्यालय स्थापना,

डिसी नेपाल
१८ पुष २०७६ १७:३०

सुर्खेत । राष्ट्रिय वाणिज्य बैँकले कर्णाली प्रदेशमा बैँकको प्रादेशिक कार्यालय स्थापना गरेको छ । सेवालाई प्रावकारी गराउनका लागि प्रादेशिक कार्यालयको स्थापना गरिएको बैँकले जनाएको छ ।

कर्णाली प्रदेशका मुुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुुक्रबार एक समारोहका बिच प्रादेशिक कार्यालयको समःउद्घाटन गरेका हुन् । उनले बैँकले प्रभावकारी रुपमा सेवाग्राहीलाई छिटोछरितो सेवा दिन पनि आग्रह समेत गरेका छन् ।

मुुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई बैँकका नायब कार्यकारी अधिकृत कविराज अधिकारीले प्रादेशिक कार्यालयले कर्णाली प्रदेशमा रहेका बैँक शाखाहरुको अनुुगमन, सेवालाई प्रभावकारी गराउन सहज वातावरण बनाउँनेलगायतका कामहरु गर्ने अनुरोध गरे ।

उनले भने, ‘कर्णाली प्रदेशका सबै जिल्लामा राष्ट्रिय वाणिज्य बैँकको शाखा पुुगेको छ सल्यान र रुकुुम पश्चिमको सदरमुुकाममा तत्तकाल शाखा विस्तर गरिने गरिने छ । साथै वीरेन्द्रनगरमा अर्को शाखा खोल्ने तयारीमा समेत हामी जुटेका छौँ र अब छिटै वीरेन्द्रनगर र पञ्चपुरी नगरपालिका बैँकको काउण्टर संचालनमा ल्याउने छौँ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *