नबिल बैंकलाई ह्याट्रिक: लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदनको ‘गोल्ड अवार्ड’ सहित थप दुई विधामा सम्मानित

डिसी नेपाल
१७ असार २०८३ १०:१७

काठमाडौँ । नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट एकैसाथ सम्मानित भएको छ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रूपमा प्रदान गरिने विधा अन्तर्गत नबिल बैंकले लगातार तेस्रो पटक निजी क्षेत्रको बैंकतर्फको उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड प्राप्त गर्न सफल भएको हो।

यसका साथै, बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट (बिपिए) पुरस्कारको इतिहासमै पहिलो पटक समावेश गरिएका ‘कर्पोरेट गभर्नेन्स डिस्क्लोजर अवार्ड’ र ‘सस्टेनेबिलिटी रिपोर्टिङ अवार्ड’ दुवैतर्फ बैंकले ‘सर्टिफिकेट अफ मेरिट’ समेत हासिल गरेको छ।

यस वर्ष पहिलो पटक प्रदान गरिएका यी दुई नयाँ विधा र तेस्रो पटकको गोल्ड अवार्ड गरी नबिल बैंकले एकैपटक तीनवटा पुरस्कार आफ्नो पोल्टामा पारेको छ।

काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच आइक्यानका अध्यक्ष सि.ए. निलबहादुर सारु मगरले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र वित्त प्रमुख सन्दिप बाबु पौडेललाई उक्त अवार्डहरू हस्तान्तरण गरे।

आइक्यानले आर्थिक वर्ष २०२५ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा यो अवार्ड प्रदान गरेको हो। अवार्ड छनोटका लागि संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता, सुशासन र दिगोपना जस्ता कडा मापदण्डहरू राखिएका थिए, जसमा अब्बल ठहरिँदै नबिल बैंकले यो सफलता चुमेको हो।

यसअघि बैंकले सन् २०२३ र २०२४ को वार्षिक प्रतिवेदनका लागि पनि यो प्रतिष्ठित पुरस्कार प्राप्त गरिसकेको छ। आइक्यानका अनुसार यस पटक पुरस्कृत भएको बैंकको वार्षिक प्रतिवेदन नेपालको तर्फबाट दक्षिण एसियाली स्तरमा आयोजना गरिने ‘साफा बिपिए अवार्ड’ का लागिसमेत मनोनित हुनेछ।

विगत चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले पछिल्लो समय दिगो बैंकिङको अवधारणालाई आत्मसात् गर्दै डिजिटल बैंकिङका लागि ‘एनबैंक’ समेत सञ्चालनमा ल्याएको छ।

हाल बैंकले देशभर २६६ शाखा सञ्जाल र ३१८ एटिएम मेसिनमार्फत २५ लाखभन्दा बढी ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। आफ्ना सबै सरोकारवालाहरूसँग बलियो सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *