उखु किसान र सरकारबीच वार्ता जारी, किसानले राखे १२ बुँदे माग

डिसी नेपाल
१८ पुष २०७६ १७:४१

काठमाडौं। चिनी मिलले उखुको बक्यौता नदिएको भन्दै विगत केही दिन यता राजधानीमा आन्दोलन गरिरहेका उखु किसान र सरकारबीच वार्ता शुरु भएको छ।

उद्योग मन्त्रालयमा जारी वार्तामा उद्योगमन्त्री लेखराज सचिव यामकुमारी खतिवडा, वाणिज्य सचिव डा. बैकुण्ठ अर्याल, औद्योगिक प्रवर्द्धन महाशाखाका प्रमुख सहसचिव दिनेश भट्टराई सरकारका तर्फबाट सहभागी छन् ।

उखु किसानका तर्फबाट किसान राजेश यादवसहित १५ भन्दा बढी किसान र केही कानून व्यवसायी सहभागी भएका छन्।

उखु किसानले बक्यौता रकम पाउनुपर्ने, ऋण दिनुपर्ने, सरकारले दिने अनुदान तत्काल पाउनुपर्ने लगायत १२ बुँदे माग राखेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *