सरकार र उखु किसानबीच ५ बुँदे सहमति, किसानको आन्दोलन फिर्ता

डिसी नेपाल
१८ पुष २०७६ १९:०३

काठमाडौं। चिनी मिलले उखुको बक्यौता रकम नदिएको भन्दै आन्दोलन गरिरहेका उखु किसान र सरकारबीच शुक्रबार साँझ सहमति भएको छ।

उद्योगमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा सहमति भएको उद्योग मन्त्रालयले जनाएको छ। वार्तामा दुई पक्षबीच ५ बुँदे सहमति भएपछि किसानहरुले आन्दोलन फिर्ता लिएका छन्।

सहमतिअनुसार चिनी मिल सञ्चालकहरुले किसानको बक्यौता माघ ७ गतेभित्र उपलब्ध गराउन मन्त्रालयले समन्वय गर्नेछ। साथै भुक्तानीको समस्या हल गर्न स्वचालित मूल्यबारे अध्ययन गर्ने, सरकारले दिने अनुदान समयमै उपलब्ध गराउन मन्त्रालयले अर्थ र कृषिलाई लेखेर पठाउने सहमति भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *