सोमबार १० करोडको ट्रेजरी बिल बिक्री हुने

डिसी नेपाल
१८ पुष २०७६ १९:२३

काठमाडाैं । नेपाल राष्ट्र बैंकले पछिल्ला दिनमा ट्रेजरी बिल तथा रिपो जारी गर्ने कार्यलाई निरन्तरता दिएको छ । सोही क्रममा केन्द्रीय बैंकले यही पुस २१ गते सोमबार पुनः ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकका अनुसार कूल रु १० करोड बराबरको टे«जरी बिल बिक्री गर्न लागिएको हो । बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको उक्त ट्रेजरी बिल आगामी चैत २५ गते परिपक्व हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *