चन्द्रागिरिमा ‘नेवारी खाना महोत्सव’ सम्पन्न

डिसी नेपाल
२० पुष २०७६ ७:०५

चन्द्रागिरी । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर चन्द्रागिरिमा ‘नेवारी खाना महोत्सव’ सम्पन्न भएको छ ।

परिवर्तनशील समाजको आयोजना तथा प्रदेश नंं. ३ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा आज चन्द्रागिरि नगरपालिकाको थानकोटस्थित कोटघरमा एकदिने महोत्सव सम्पन्न भएको हो।

स्थानीय कला संस्कृतिको जगेर्ना गर्न र नेवारी खानाको प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको परिवर्तनशील समाजका अध्यक्ष लेमन श्रेष्ठले जानकारी दिए ।

“खाना महोत्सवमा स्थानीय कलासंस्कृति झल्किने प्रस्तुतिसँगै विभिन्न झाँकीसमेत देखाएका छौँ”, उनले भने ।

महोत्सवमा स्वदेशी तथा विदेशी दुई हजार पर्यटकको उपस्थिति थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *