प्रोटो रिको द्वीपमा भूकम्प
वाशिङ्गटन् (एजेन्सी) । अमेरिकाको प्रोटो रिको द्वीपमा भूकम्पको धक्का गएको छ। अमेरिकाको समयअनुसार सोमबार बिहान ५ बजेर ३२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्पको धक्का महशुस गरिएको अमेरिकी जियोलोजिकल सर्वेले जनाएको अमेरिकी समाचार माध्यम सीएनएनले जनाएको छ।
भूकम्पले पुर्याएको क्षतिबारे भने कुनै विवरणहरु प्राप्त नभएको सीएनएनले उल्लेख गरेको छ। केही संरचनाहरु भत्केको जनाइएको छ। सो द्वीपका केही मानिसहरुले सामाजिक सञ्जालमा केही तस्वीरहरु सार्वजनिक गरेका छन्। ती तस्वीरहरुमा भूकम्पका कारण संरचनाहरुमा पुगेको क्षति देख्न सकिन्छ।
भूकम्पको केन्द्रबिन्दु प्रोटो रिकोभन्दा ८ माइल दक्षिणपूर्व इन्डियन ओसनको ३.७ माइलको गहिराईमा रहेको बताइएको छ। प्रोटो रिकोका आपतकाली व्यवस्थापन विभागका निर्देशक कार्लोस एसिभिडोले खासै क्षति नभएको जनाएको सीएनएनमा उल्लेख छ। उनले भूकम्पपछि सुनामीका कुनै चेतावनी नदिइएको बताएका छन्। तर, भौगर्भिकविद्हहरुले सुनामी आउन सक्ने चेतावनी दिएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment