सुलेमानीलाई अमेरिकाले कसरी निशाना बनायो ?
बगदाद। अमेरिकाले ३ जनवरीमा बगदाद विमानस्थल नजिकै ड्रोनबाट हवाइ आक्रमण गरेर इरानको अल कुद्स फोर्सका प्रमुख कासिम सुलेमानीलाई मार्यो । खुफिया सूत्रको हवाला दिँदै अमेरिकी मिडियाले लेखेअनुसार यो अपरेशन सिधै राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा भएको थियो र यसको पूरै तयारी गरिएको थियो ।
बताइएअनुसार सुलेमानी केही समय अघि मात्र इराक पुगेका थिए र दुई गाडीको समूहमा हिँडिरहेका थिए । यी गडीमा इरान समर्थित इराकी सेनाका अधिकारी र जवान थिए । बीबीसीको मिडिया मनिटरिङ सर्भिस बीबीसी मनिटरिङका अनुसार इरानी टिभी च्यानलहरुले अमेरिकाले इराकमा हेलिकप्टरबाट आक्रमण गरेको खबर प्रसारण गरेका थिए ।
अमेरिकी मिडियाले भने यो आक्रमण मानवरहित एयरक्राफ्ट एमक्यू–९ रिपरको माध्यमबाट भएको थियो । यो एक ड्रोन हो जो अधिकतम ४८० किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्छ । अमेरिकाले अहिलेसम्म अन्तर्राष्ट्रिय विमानस्थलमा यो उपकरणको प्रयोग र यसबाट त्यस क्षेत्रमा एयर ट्राफिकमा सम्भावित खतराको विषयमा केही बोलेको छैन ।
द न्यूयोर्क टाइम्सले सरकारी सूत्रको हवाला दिँदै लेखेअनुसार ड्रोनले दुई कारमा दुई मिसाइल हानेको थियो । यी मिसाइल एयरपोर्टको कार्गो टर्मिनल नजिकै आफ्नो लक्ष्यमा प्रहार गरिएको थियो । अरबी टेलिभिजन अल अरेबियाले आफ्नो रिपोर्टमा भनेअनुसार यी हेलफायर आर ९ एक्स मिसाइल थिए ।
यी मिसाइललाई निन्जा पनि भनिन्छ । हावाबाट जमिनमा प्रहार गरिने यी मिसाइललाई युद्ध ट्यांक नष्ट गर्न डिजाइन गरिएको हो । यसलाई हेलिकप्टर वा हवाइ जहाजको माध्यमले छोड्न सकिन्छ । रिपोर्टहरुका अनुसार अमेरिकाले मध्यपूर्वमा कुनै अपरेशनमा ९ औं पटक यो मिसाइल प्रयोग गरेको हो ।
आक्रमणको केही बेरपछि यसलाई इराकमा एक अमेरिकी बेसबाट संयोजन गरिएको थियो । शिया मिलिसिया समूहहरुको तर्फबाट शेयर गरिएको एक भिडियोमा कारका अवशेष जलिरहेको देखिएका छन् जुन कारमा सुलेमानीले यात्रा गरिरहेका थिए । एक अन्य तस्वीरमा रगत लत्पतिएको सुलेमानीको हात देखिएको छ जसमा उनले आफ्नो मन पर्ने रातो औंठी लगाएका थिए ।
इराकी आर्मी ज्वाइन्ट अपरेशन फोर्सेजको मिडिया अफिसले आफ्नो आधिकारिक फेसबुक पेजमा केही तस्वीर जारी गर्यो जसमा बगदाद विमानस्थलको निकास गेट नजिकै सडकमा जलिरहेको कार देखिएको छ । आक्रमणको केही घण्टासम्म यसको शिकार मानिसहरुको पहिचान र उनीहरुको संख्याबारे कुनै आधिकारिक घोषणा गरिएन । अमेरिकी र अरब मिडियाले सूत्रको हवाला दिँदै घटनामा ६ देखि ७ जना मारिएको दावी गरे ।
जनरल सुलेमानीको साथमा इरानले इराकका सैन्य कमाण्डर अबु महदी अल महांदिसको पनि मृत्यु भएको पुष्टि गरेको छ । उनी इरान समर्थित मोबिलाइजेशन फोर्सेज अफ ग्राकका डेपुटी हेड थिए । इरानको सरकारी टिभी च्यानलका अनुसार आक्रमणमा मारिएका तीन सैनिक रिभोल्यूशनरी गार्डका हिस्सा थिए जबकि न्यूयोर्क टाइम्सले भने इरानी सैनिकको साथमा सुरक्षाको लागि इराकी सेनाका सदस्य पनि भएको जनाएको छ । अल अरबियाले सुलेमानीसँग लेबनानी हिजबुल्लाहका अधिकारी पनि भएको दावी गरेको छ ।
सुलेमानी र अन्यको गैरन्यायिक हत्याका विषयमा संयुक्त राष्ट्र संघका दूत एग्नेस कल्लामार्डले प्रश्न उठाएका छन् । उनले ट्वीटरमा लेखेका छन् ‘कासिम सुलेमानी र अबु महदी अल महांदिसको हत्या गैरकानुनी हो र अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन हो । कसैलाई रोजेर मार्नको लागि यसरी ड्रोन वा अन्य चीजको प्रयोग गर्नु कहिल्यै पनि वैध हुन सक्दैन । पेन्टागनको बयानमा यो कुरा उल्लेख छैन कि सुलेमानीका अलावा अरु को–को मारिएका छन् । शायद। गैरकानुनी । बिल्कुल ।’
अमेरिकी सरकारले भने यो अपरेशन ती षड्यन्त्रहरुको जवाफ भनेको छ जसमा इरान सक्रिय रुपले इराकमा अमेरिकी प्रतिनिधि र यस क्षेत्रमा अन्य सदस्यहरुमाथि आक्रमणको योजना बनाइरहेको थियो । यद्यपि यसको लागि अमेरिकाले कुनै प्रमाण भने दिएको छैन ।
इराकमा अमेरिकाको यो आक्रमण हालै अमेरिका र इरानबीच बढेको तनावपछि भएको हो । गत हप्ता इराकको किरकुकमा भएको आक्रमणमा एक अमेरिकी ठेकेदारको मृत्यु भएको थियो र सेनाका ४ जना घाइते भएका थिए । जसका लागि अमेरिकाले इरान र सुलेमानीलाई जिम्मेवार ठहर्याएको थियो ।
द वाशिंटन पोस्टका अनुसार यो घटना पनि आक्रमणको एउटा कारण हो तर केही दिनपछि ३१ डिसेम्बरको साँझ इरान समर्थित सेनाका दस्यहरुले बगदादमा अमेरिकी दूतावासलाई घेरेका थिए । अमेरिकी मिडियाका अनुसार यो घटनाले अमेरिका यस क्षेत्रमा सैनिकको संख्या बढाउने विषयमा गम्भीर त भयो नै उसले प्रत्याक्रमणको योजना पनि बनायो ।
२०१८ मा डोनाल्ड ट्रम्पले इरानसँग परमाणु सम्झौता समाप्त गरे र उसमाथि कैयौं प्रतिबन्ध लगाइदिए । यसले इरानको अर्थव्यवस्थामा हलचल मच्चियो । त्यतिबेलादेखि नै दुई देशको सम्बन्ध बिग्रिँदै गयो । गत वर्ष जूनमा इरानले अमेरिकी ड्रोनलाई खसालेको दावी गर्यो । त्यसपछि डोनाल्ड ट्रम्पले हवाइ हमलाको तयारी गरे तर पछि यसलाई स्थगित गरे । हर्मुज स्ट्रेटमा कैयौं जहाजमा भएको विष्फोटपछि दुवै देशबीच तनाव अझै बढ्यो । त्यसपछि साउदी अरेबियाको तेल कम्पनी अरामकोमा भएको आक्रमणको आरोप पनि इरानमाथि लाग्यो ।
जनरल कासिम सुलेमानी न केवल इरानका सबेभन्दा शक्तिशाली सैन्य अनुहार थिए, उनी देशका सबैभन्दा प्रभावशाली मानिसहरुमध्ये उक थिए । उनी अयातुल्लाह खमेनइपछि दो्रो स्थानमा थिए जसलाई उनी सिधै रिपोर्ट गर्थे । मध्यपूर्वमा इरानको सैन्य शक्ति र रणनीतिको लागि मात्र होइन उनी युद्ध र शान्तिको मुद्दामा इरानका सच्चा चान्सलर पनि थिए ।
द न्यूयोर्क टाइम्सका अनुसार सुलेमानी यतिसम्म अहम थिए कि उनको मृत्युको लागि बाराक ओबामा र जर्ज डब्लु बुशको सरकारमा पनि विचार गरिएको थियो तर इरानसँग युद्ध नचाहेका कारण यो विचारलाई स्थगित गरियो । ६२ वर्षका सुलेमानी १९८० को दशकमा इराकसँग भएको युद्धमा भाग लिएपछि इरानको राजनीतिमा आए । उनी इस्लामिक स्टेट विरुद्धको लडाइ र अन्य प्रभावशाली नेटवर्क बनाउने रणनीतिकार रहे ।
जनरल सुलेमानीलाई ती रणनीति तयार गर्ने श्रेय दिइन्छ जसले राष्ट्रपति बशर अल असदलाई सिरियामा विद्रोही शक्तिविरुद्ध युद्धको तरिका बदल्ने, इराकमा शिया मिलिशियालाई नियन्त्रणमा लिने क्रममा इरानबाट समर्थन र प्रशिक्षण प्राप्त भयो । यद्यपि बीबीसीमा रक्षा र कूटनीति ममिलाका संवाददाताका अनुसार यो भन्नु असम्भव छ कि इरानको तर्फबाट कडा प्रतिक्रिया दिइएन । भलै यो तत्काल नआएको होस् ।
मार्कसका अनुसार इराकमा अमेरिकाका ५ हजारभन्दा धेरै सैनिक तैनाथ छन् । साथमा मध्यपूर्वमा कैयौं कूटनैतिक प्रतिनिधित्व पनि छन् जो विद्रोहीहरुको लागि लक्ष्य बन्न सक्छन् । उनले भने ‘इरानको प्रतिक्रिया यस क्षेत्रमा अमेरिकी सेनाको हितविरुद्ध हुन सक्छ । तर यो अमेरिकासँग जोडिएको कुनै अर्को उद्देश्यविरुद्ध पनि हुन सक्छ जसलाई इरानले चपेटामा लिन सक्छ । बीबीसीको सहयोगमा







डिसी नेपाल








Facebook Comment