मलेसियास्थित यौन अखडामा जाने ९ जना नेपाली पक्राउ

डिसी नेपाल
२३ पुष २०७६ २०:५७
12
Shares

क्वालालम्पुर । मलेसियाका अवैध वेश्यावृत्ति केन्द्रमा अध्यागमनले छापा हानेर ९ जना नेपालीलाई पक्राउ गरेको छ। नेपालीहरु त्यहाँ ग्राहकका रुपमा रहेको अवस्थामा छापा मार्दा उनीहरु पक्राउ परेका हुन्।

नेपालीसहित ३४ विदेशी नागरिकलाई पक्राउ गरेको इमिरिग्रेसन मलेसियाले जनाएको छ। गएको सोमबार मलेसियाको जलान हाङ कस्तुरी क्वालालम्पुरमा रहेका अवैध वेश्यावृत्ति केन्द्रमा छापा मार्दा दुई ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा ११ भारतीय र ४ जना इन्डोनेसियन महिलाहरू छन् भने उनीहरूका ९ नेपाली, ५ बङलादेशी, २ भारतीय र १ जना म्यानमारी पुरुष ग्राहक रहेका छन्।

पक्राउ परेको सबैलाई बुकित जालिल अध्यागमनमा राखिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *